टि–२० विश्वकप : इंग्ल्यान्ड सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरयाे
सेमिफाइनलमा इंग्ल्यान्डले ग्रुप २ को विजेतासँग खेल्ने छ भने न्युजिल्यान्डले ग्रुप २ कै उपविजेतासँग खेल्ने छ। ग्रुप २ बाट समेमिफाइनल पुग्ने टिमको टुंगो आइतबार लाग्ने छ।
काठमाडाैं, कात्तिक १९ : इंग्ल्यान्ड अस्ट्रेलियामा जारी टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सिड्नीमा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंका माथि ४ विकेटको जित निकाल्दै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो।
यता, इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाउँदा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया सुपर १२ बाटै बाहिरिएको छ। इंग्ल्यान्डसँग समान ७ अंक भएपनि अस्ट्रेलिया रनरेटमा पछि प¥यो । गु्रप १ बाट यसअघि नै न्युजिल्यान्ड सेमिफाइलनमा पुगिसकेको थियो। न्युजिल्यानड समूह विजेता बन्यो।
सेमिफाइनलमा इंग्ल्यान्डले ग्रुप २ को विजेतासँग खेल्ने छ भने न्युजिल्यान्डले ग्रुप २ कै उपविजेतासँग खेल्ने छ। ग्रुप २ बाट समेमिफाइनल पुग्ने टिमको टुंगो आइतबार लाग्ने छ।

सिड्नीमा श्रीलंका दिएको १४२ रनको लक्ष्य इंग्ल्यान्डले २ बल बाँकी छँदा ६ विकोटको क्षतिमा भेट्टायो । राम्रो सुरुवात गरेर पनि मिलडअर्डर चल्न नसक्दा धर्मराएको इंग्ल्यान्डलाई बेन स्टोक्सले सम्हालिएको ब्याटिङ गर्दै सेमिफाइनल पु¥याए।
नटआउट रहेका स्टोक्सले ३६ बलमा २ चौका प्रहार गर्दै ४२ रन बनाए। यस्तै, ओपनर एलेक्स हेल्सले ३० बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४७ रन बनाउँदा कप्तान जोश बट्लरले २८ रनको योगदान दिए। हेल्स र बट्लरले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए।
श्रीलंकाका लागि धनञ्जय डी सिल्भा, वानिन्दु हसरंगा र लहिरु कुमाराले समान २ विकेट लिए।
त्यसपघि पहिला ब्याटिङ गरेको श्रीलंकाले पाथुम निसंकाको अर्धशतकीय योगदान मद्दतमा ८ विकेटको क्षतिमा १४१ रन बनाएको थियो। ओपनर निसंकाले ४५ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ६७ रन बनाएका थिए ।
यस्तै, भानुका राजापाक्षले २२ र कुशल मेन्डिसले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिँदा अदिल रसिद, साम करण, बेन स्टोक्स र क्रिस वोक्सले समान १ विकेट लिए।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

