Kathmandu Press

एमालेले एक्लै बहुमत ल्याउने दाबी उपाध्यक्ष पौडेलकाे दाबी

शनिबार बुटवलमा मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको खेलाडी प्रशिक्षकको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले फराकिलो मतान्तरले एक्ले बहुमत ल्याउने दाबी गरेका हुन्।
एमालेले एक्लै बहुमत ल्याउने दाबी उपाध्यक्ष पौडेलकाे दाबी

बुटवल, कात्तिक १९ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मंसिर ४ को निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेका छन्। 

शनिबार बुटवलमा मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको खेलाडी प्रशिक्षकको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले फराकिलो मतान्तरले एक्ले बहुमत ल्याउने दाबी गरेका हुन्।

उपाध्यक्ष पौडेलले एमाले एक्लैले निर्वाचनमा बहुमत ल्याउने भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपासगँ पनि सहकार्य गरेकाले यो सहकार्यलाई निरन्तरता दिने बताए।

पूर्वअर्थमन्त्री समेत रहनुभएका पौडेलले खेल क्षेत्रको विकासको लागी राष्ट्रले गर्ने लगानी व्यर्थको नभई राष्ट्रले गर्नैपर्ने लगानी भएको बताए। उनले  खेल र खेलाडीको क्षेत्रलाई फराकिलो गरी विकास गर्ने बताउदै खेल क्षेत्रको  सम्पूर्ण समस्या समाधान गर्न आफू तयार रहेको जानकारी दिए।

पौडेलले उर्जाशील जीवन विताएका खेलाडीको सम्मानित पूर्वक बाच्न हामीले निर्वाभत्ता, निःशुल्क जीवन बीमा, दुर्घटना बीमासँगै खेल पूर्वाधारको लागि उचित प्रबन्ध मिलाउने बताउने बताए।

प्रकाशित मिति: १७:२८ बजे, शनिबार, कात्तिक १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्