Kathmandu Press

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

वीर गणेशमान सिंह स्पोट्र्स कमिटिको आयोजनामा शनिबारबाट सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता सुरु भएको हो। उद्घाटनमा कांग्रेसकी नेतृ सिर्जना सिंहले प्राविधिक संयोजक सुर्य भुषण बज्राचार्यलाई खेल सामग्री हस्तान्तर गरिन्।
वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौं, कात्तिक १९ : दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता शनिबारबाट सुरु भएको छ।

वीर गणेशमान सिंह स्पोट्र्स कमिटिको आयोजनामा शनिबारबाट सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता सुरु भएको हो। उद्घाटनमा कांग्रेसकी नेतृ सिर्जना सिंहले प्राविधिक संयोजक सुर्य भुषण बज्राचार्यलाई खेल सामग्री हस्तान्तर गरिन्।

प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुँदैछ।  प्रतियोगीताको महिला–पुरुष विजेताले ८० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार पाउने जनाएको छ।

त्यस्तै महिला–पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउने छन भने पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार,२० हजार र १० हजार पाउने छन। त्यस्तै पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले २५ हजार,१५ हजार र ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।

पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले ३० हजार, १५ हजार र ५ हजार, ४५ वर्षमाथि डबल्सकाले २० हजार,१० हजार र ५ हजार , ५५ वर्षमाथिका एकलले २० तथा ६५ वर्षमाथिका शीर्ष तीनले १५ हजार, ७ हजार ५ सय र ५ हजार पाउने वीर गणेशमान सिंह स्पोट्र्स कमिटीले जनाएको छ। 

प्रकाशित मिति: १७:१९ बजे, शनिबार, कात्तिक १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्