Kathmandu Press

गठबन्धनको पक्षमा बहुमत आउँछ : कांग्रेस प्रवक्ता महत

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संविधानको रक्षा, स्थिरता र समृद्धि सुनिश्चित गर्दछ भन्ने कुरा पनि यो छोटो समयको गठबन्धनको सरकारले सङ्केत गरिरहेको उनले उल्लेख गरे। 
गठबन्धनको पक्षमा बहुमत आउँछ : कांग्रेस प्रवक्ता महत

काठमाडौं, कात्तिक १९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव् प्रवक्ता डा प्रकाशशरण महतले मङ्सिर ४ गते हुने निर्वाचनमा बहुमत गठबन्धनको पक्षमा आउने बताएका छन्।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संविधानको रक्षा, स्थिरता र समृद्धि सुनिश्चित गर्दछ भन्ने कुरा पनि यो छोटो समयको गठबन्धनको सरकारले सङ्केत गरिरहेको उनले उल्लेख गरे। 

प्रवक्ता महतले नेपाली जनताको पूर्ण म्यान्डेड र अनुमोदनका साथ नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्दा जुन लोकतान्त्रिक मूल्य र मान्यतामाथि यस भन्दा अघिको सरकारद्वारा प्रहार गरिएको थियो त्यो अहिले रोकिएको बताए।

उनले भने, 'अहिले देश एउटा सही बाटोमा उन्मुख छ।” नेता महतले अहिले देशमा सहिष्णु नेतृत्वको आवश्यकता रहेको र त्यो नेतृत्व पनि नेपाली कांग्रेसका पार्टी सभापति तथा अहिलेका प्रधानमन्त्रीले दिन सक्नुहुन्छ भन्ने विश्वास व्यक्त गरे।'

प्रकाशित मिति: १६:४१ बजे, शनिबार, कात्तिक १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्