Kathmandu Press

भ्रष्टाचार नियन्त्रण गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गर्ने जसपाको प्रस्ताव

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीका तर्फबाट प्रतिबद्धतापत्र (घाेषणापत्र) सार्वजनिक गर्दै जसपाले संसद् मातहत रहने गरी शक्तिशाली जनलोकपाल गठन गर्ने प्रस्ताव गरेको हो। 
भ्रष्टाचार नियन्त्रण गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गर्ने जसपाको प्रस्ताव

काठमाडौं, कात्तिक १९ : जनता समाजवादी पार्टी (जसपा) ले भ्रष्टाचार र आर्थिक अनियमितालाई नियन्त्रण गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गर्ने प्रस्ताव गरेको छ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीका तर्फबाट प्रतिबद्धतापत्र (घाेषणापत्र) सार्वजनिक गर्दै जसपाले संसद् मातहत रहने गरी शक्तिशाली जनलोकपाल गठन गर्ने प्रस्ताव गरेको हो। 

जसपाले सबै तहका भ्रष्टाचार अन्त्यका लागि जनताको भावनानुसार जनसहभागितामा आधारित कार्यक्रम सञ्चालन गर्ने, सरकारको लगानीमा सञ्चालित विकासे योजना र कामको अनुगमन तथा मूल्याङ्कनको व्यवस्था गर्ने, पारदर्शी शासन पद्धतिलाई अवलम्बन गर्दै सबै सरकारी कारोबारसँग सम्बन्धित सूचना इन्टरनेटको माध्यमबाट पाउने व्यवस्था गर्ने जनाएको छ। 

भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिइने जसपाले जनाएको छ। गैरकानुनी तरिकाबाट आर्जित सम्पत्ति जफत गर्ने र सो सम्पत्ति भूमिहीन तथा आवासहीन र श्रमजीवी नागरिकहरुका लागि भूमि र आवासको व्यवस्थामा खर्च गरिने जसपाले जनाएको छ।

प्रकाशित मिति: १६:१३ बजे, शनिबार, कात्तिक १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्