Kathmandu Press

कांग्रेस नेतृत्वको अब बन्ने सरकारले काम गर्न नसके जनताले साथ छाड्छन् : गगन थापा

उनले निर्वाचन अघि कांग्रेसले जनतामाझ गरेका प्रतिवद्धताहरु सरकारमा पुगेपछि पूरा गर्नुपर्ने धारणा राखे।
कांग्रेस नेतृत्वको अब बन्ने सरकारले काम गर्न नसके जनताले साथ छाड्छन् : गगन थापा

काठमाडौं, कात्तिक १९ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस नेतृत्वको सरकार बनेपछि ढंगका साथ काम गर्न नसके जनताले साथ छाड्ने बताएका छन्।

कांग्रेस सोलुखुम्बु काठमाडौ सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा थापाले आगामी निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बन्ने र कांग्रेस नेतृत्वको सरकारले काम गर्न नसके जनताले साथ छाड्ने बताएका हुन्।

उनले निर्वाचन अघि कांग्रेसले जनतामाझ गरेका प्रतिवद्धताहरु सरकारमा पुगेपछि पूरा गर्नुपर्ने धारणा राखे। यसपटक जनताले आफूहरुलाई अन्तिम मौका दिने भन्दै उहाले अन्तिम मौकाको सहि तवरले सदूपयोग गर्नुपर्ने जिकिर गरे। थापाले बहुमतले गैरजिम्मेवार बनाउने अवस्था आउन नदिन सवै सजक हुनुपर्ने बताए।

थापाले निर्वाचनको केही समयपछि परिणाम देखिने गरि काम गर्न नसके दुर्घटना हुने र यसको डर गठबन्धनका सबै नेताहरुलाई हुनुपर्ने उल्लेख गरे। 

प्रकाशित मिति: १५:५४ बजे, शनिबार, कात्तिक १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्