Kathmandu Press

'राइट टु रिजेक्ट'को व्यवस्था नेपालमा पनि लागु हुनुपर्छ : प्रदीप पाैडेल

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले संसारमा रहेको राइट टु रिजेक्टको व्यवस्था नेपालमा पनि लागू हुनुपर्ने बताएका हुन्।
'राइट टु रिजेक्ट'को व्यवस्था नेपालमा पनि लागु हुनुपर्छ : प्रदीप पाैडेल

काठमाडौं, कात्तिक १९ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले निर्वाचनमा 'राइट टु रिजेक्ट'को व्यवस्था नेपालमा पनि लागू हुनुपर्ने बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले संसारमा रहेको राइट टु रिजेक्टको व्यवस्था नेपालमा पनि लागू हुनुपर्ने बताएका हुन्।

मतदाताले पाँच बर्षका लागि चूनेर पठाएको जनप्रतिनिधिले सो अवधिमा गलत काम गरे उनलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था नेपालमा हुनुपर्ने उनले बताए।

त्यसका लागि नागरिक अगुवा सम्मिलत समिति गठन गर्नुपर्नेमा आफुहरुको जोड रहेको पौडलको भनाइ छ । पौडेलले अहिले राजनीतिप्रति विश्वास जनाउनुपर्ने भन्दै परम्परागत नेतृत्वलाई विस्थापीत गर्नुपर्ने धारणा राखे।

उनले अहिले जनप्रतिनिधिहरु मालिक बन्ने प्रवृतिले जनताको समस्या समाधान हुन नसकेकाले यस्ता प्रवृतिलाई अन्त्य गर्नुपर्ने जिकिर गरे । 

प्रकाशित मिति: १५:०५ बजे, शनिबार, कात्तिक १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्