गठबन्धन दलहरुको चुनावी घोषणापत्र शब्दको थुप्रो मात्र : ओली
प्रवासी नेपाली मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनलाई गर्दै ओलीले गठबन्धन दलसँग कुनै योजना र कार्यक्रम नभए पनि चुनावमा बेलमा ल्याउनैपर्ने भएकाले मात्र उनीहरूले घोषणापत्र ल्याएको टिप्पणी गरे।
काठमाडौं, कात्तिक १९ : एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको चुनावी घोषणापत्र शब्दहरूको थुप्रो मात्र भएको बताका छन् ।
प्रवासी नेपाली मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनलाई गर्दै ओलीले गठबन्धन दलसँग कुनै योजना र कार्यक्रम नभए पनि चुनावमा बेलमा ल्याउनैपर्ने भएकाले मात्र उनीहरूले जनता अल्मल्याउने गरी घोषणापत्र ल्याएको टिप्पणी गरे।
‘यो गठबन्धनजस्तो बन्ने हो भने कसको नीति कार्यान्वयन गर्ने? सबैको खल्ती हेर्नुभयो भने रित्तै छ,’ उनले भने, ‘घोषणापत्र नामका चिज निकाल्दैछन्, निकाल्नैपर्ने हुनाले निकालेका हुन्, यिनीहरुको घोषणापत्रमा केही छैन, पोलिटिकल पार्टीले प्रोग्राम दिनुपर्यो, सोच हुनुपर्यो, यिनका घोषणापत्र शब्दहरुको थुप्रो हो ।’
मंसिर ४ को चुनावबाट एमालेबाहेक अर्को कुनै पनि दल बलियो राष्ट्रिय शक्ति रुपमा आउन नसक्ने ओलीले जिकिर गरे। ‘चुनावपछि एमाले मात्र बलियो शक्ति भएर उदाउनेछ,’ उनले भने। ओलीले स्वार्थहरुको गठजोडलाई निर्वाचनमा पराजित गर्ने दाबी गरे।
ओलीले पद नपाएकै कारण गठबन्धनमा रहेका दलहरु कांग्रेसको पछि लागेको र मुलुकलाई समेत अस्थीरताको भूमरीमा फसाएको आरोप पनि लगाए। ओलीले एमाले सरकारले राष्ट्रिय स्वाधीनता र विकासका लागि धेरै काम गरेको जिकिर गरे।











