चितवन ३ का वाम–गठबन्धन उम्मेदवार भन्छन्- जनतामाझ विश्वास लिएर जान्छौं
आज पत्रकारसँगको अन्तरक्रियामा प्रतिबद्धतापत्र र जनताको विश्वासका आधारमा निर्वाचन जित्ने उनीहरुले दाबी गरेका हुन्। नेकपा माओवादीका तर्फबाट चितवन ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. भोजराज अधिकारीले किसानको धान थन्काउने समय भएकाले निर्वाचनमा माहोल बन्न कठिन भएको बताए।
चितवन, कात्तिक १९ : लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट चितवन ३ मा उम्मेदवार बनेका नेताले जनताकामाझ विश्वास लिएर जाने बताएका छन्।
आज पत्रकारसँगको अन्तरक्रियामा प्रतिबद्धतापत्र र जनताको विश्वासका आधारमा निर्वाचन जित्ने उनीहरुले दाबी गरेका हुन्। नेकपा माओवादीका तर्फबाट चितवन ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. भोजराज अधिकारीले किसानको धान थन्काउने समय भएकाले निर्वाचनमा माहोल बन्न कठिन भएको बताए।
निर्वाचनका लागि पार्टीको वडा तहबाट समेत कार्यक्रम सञ्चालनमा ल्याइएको उनको भनाइ थियो। चितवन ३ लोकतान्त्रिक वाम–गठबन्धनको राम्रो क्षेत्र भएकाले जित सुनिश्चित भए पनि अझै मेहनत आवश्यक रहेको उनले बताए। डा अधिकारीले भने, 'राजनीतिक पाटीभित्र अनुशासन र जनताको विश्वासले निर्वाचत परिणाम आउनेछ।'
गठबन्धनबाट प्रदेश ३ (१) का उम्मेदवार बनेका प्रा.डा. सूर्यकान्त घिमिरेले दलभित्रको अनुशासन नै मुख्य करिडोरका रुपमा रहेको बताए। निर्वाचनमा मतदाता कता जान्छन् भन्ने कुरा सञ्चारमाध्यमका हातमा रहेकाले लोकतान्त्रिक वाम–गठबन्धनका पक्षमा सहयोग गर्न उनले आग्रह गरे
क्षेत्र नं ३ (२) का उम्मेदवार ठाकुर ढकालले देश रुपान्तरणका लागि वाम–गठबन्धन आवश्यक रहेको बताए। जनताको हित र संविधान, लोकतन्त्रको रक्षाका लागि गठबन्धनको जीत आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा जिल्ला नेताहरुले आम नेता कार्यकर्तामा पार्टीको अनुशासनभित्र रहन अपिलसमेत गरेका छन्। नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले विषम परिस्थितिमा गठबन्धन बनेकाले यसलाई जोगाउनु कांग्रेस नेता तथा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताए।
व्यक्तिगत स्वार्थभन्दा पनि लोकतन्त्र र संविधानको रक्षाका लागि बनेको गठबन्धन भएकाले गठबन्धनको मर्मभन्दा बाहिर गएर काम गर्न नसकिने उनको भनाइ छ। माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले माओवादीभित्रका समस्या समाधान भइसकेकाले निर्वाचनमा लाग्न सबैलाई आग्रह गरे। पार्टीभित्रका नेता कार्यकर्ताबीचको एकताले निर्वाचनलाई अघि बढाउँदै गएको उनको भनाइ छ।











