बनेपामा गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत
भ्रष्टाचार र अनियमिततामा मुछिएका व्यक्ति एमालेबाट प्रतिनिधी सभामा उम्मेदवार बनेका कारण पनि बनेपावासीको चाहना अनुभवी, सुशासनका पक्षधर उम्मेदवार रहेका छन्। ‘भ्रष्ट हैन प्रस्ट नेता’लाई मतदान गर्ने बनेपावासीले बताउँदै आएका छन्।
बनेपा, कात्तिक १९ : लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवारलाई बनेपावासीले भव्य स्वागत गरेका छन्।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा गठबन्धनको तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका नेपाली कांग्रेसका शिवप्रसाद हुमागाई र प्रदेश सभा २ (ख) का उम्मेदवार कञ्चनचन्द्र बादेलगायत समानुपातिक तर्फ प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका मिना तामाङलाई भव्य स्वागत गरिएकाे हाे।
यस्तै, प्रदेशसभातर्फ कांग्रेसका सुरकृष्ण वैद्य, माओवादी केन्द्रका रुकु चौलागाई, भोला अर्याल, नेकपा (एकीकृत समाजवादी) का कल्पना श्रेष्ठ, हरिगोपाल प्रधानाङ्ग, दिलबहादुर तामाङ, कांग्रेसका प्रदेशसभा समानुपातिक उम्मेदवार लक्ष्मी दनुवार र शान्ता थापा क्षेत्रीलगायतका उम्मेदवारलाई बनेपामा स्वागत गरियाे।

स्थानीयले बाजागाजा, सगुन, फुलमालासहित स्वागत गरेका हुन्। बनेपाका सबै वडामा भएको घरदैलो र कोणसभामा स्थानीयको बाक्लो उपस्थिती छ। यसअघि सोही क्षेत्रको प्रतिनिधित्व गरेर बनेपाको विकासमा योगदान गरिसकेका जनप्रतिनिधी नै गठबन्धनका तर्फबाट उम्मेदवार भएको भन्दै बनेपाबासीले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने अठोट लिएका छन्।

२०५६ सालमा प्रतिनिधी सभा सदस्यको रुपमा सोही क्षेत्रबाट निर्वाचित शिवप्रसाद हुमागाईले काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना, बनेपा बहुप्राविधिक महाविद्यालय, सूचना प्रविधि पार्क निर्माणमा अहम भूमिका खेलेका थिए। २०७० सालको संविधान सभा निर्वाचन जितेर उद्योग राज्यमन्त्री समेत भएका बादेले सडकलगायतका पूर्वाधारमा नेतृत्वदायी भुमिका खेलेका थिए। समानुपातिक उम्मेदवार पनि पार्टी राजनीति र सामाजिक क्षेत्रमा अलग्गै पहिचान बनाएका व्यक्तित्व भएका कारण बनेपावासी गठबन्धनको पक्षमा उभिएका छन्।

भ्रष्टाचार र अनियमिततामा मुछिएका व्यक्ति एमालेबाट प्रतिनिधी सभामा उम्मेदवार बनेका कारण पनि बनेपावासीको चाहना अनुभवी, सुशासनका पक्षधर उम्मेदवार रहेका छन्। ‘भ्रष्ट हैन प्रस्ट नेता’लाई मतदान गर्ने बनेपावासीले बताउँदै आएका छन्।




1667633825.jpg)











