संविधान कार्यान्वयनसँगै आर्थिक विकास आवश्यक : नेता सिंह
संघीयताअनुसार तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधानअनुसार कानुन बनाउन आवश्यक रहेको उनको भनाइ छ।
काठमाडाैं, कात्तिक १९ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेकोबताएका छन्।
संघीयताअनुसार तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधानअनुसार कानुन बनाउन आवश्यक रहेको उनको भनाइ छ।
काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सिंहले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेको बताए।
'संसद्को दुई कार्यकाल संविधान लेखनमा गयो, एक कार्यकाल संविधान जोगााउनै लाग्यो, अब कार्यान्वयनमा लैजानुपर्यो,' शनिबार भएको प्रचारप्रसार कार्यक्रममा उनले भने।
प्रकाशित मिति: १२:१९ बजे, शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











