यू–१५ महिला साफ : बंगलादेशसँग भिड्दै नेपाल
बलियो टोली बंगलादेशसँग विरुद्ध मैदान उत्रँदा नेपालको मनोनबल उच्च हुने छ। पहिलो खेलमा भुटानमाथि ८–०को निकालेको नेपाली महिला टिमको मनोबल उच्च छ।
काठमाडाैं, कात्तिक १९ : बंगलादेशमा जारी यू–१५ महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज आयोजक बंगलादेशको सामान गर्दै छ। ढाकामा हुने नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ मा सुरु हुनेछ ।
बलियो टोली बंगलादेशसँग विरुद्ध मैदान उत्रँदा नेपालको मनोनबल उच्च हुने छ। पहिलो खेलमा भुटानमाथि ८–०को निकालेको नेपाली महिला टिमको मनोबल उच्च छ।
नेपाल बलियो बंगलादेशविरुद्ध जित निकाल्दै नेपाल उपाधिमा आफूलाई बलियो सावित गर्ने योजनामा छ । प्रतियोगितामा नेपाल र बंगलादेश दुवै लगातार दोस्रो जितको खोजीमा छन्। पहिलो खेलमा बंगलादेशले पनि भुटानलाई हराएको थियो।
समान ३ अंक भए पनि गोलअन्तका आधारमा बंगलादेश पहिलो र नेपाल दोस्रो स्थानमा छ । भुटान अंक बिहीन छ।
तीन टिममात्र सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन लिगको आधारमा हुने छ । लिगको शीर्ष टोलीले उपाधि जित्नेछ ।











