प्रधानमन्त्री देउवालाई जसपाका उम्मेदवारको समर्थन
सिनालले आफ्नो उम्मेदवारी निष्कृय भएको उल्लेख प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गरेका छन्।
डडेल्धुरा, कात्तिक १९ : डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको जनता समाजवादी पार्टीका श्याम रिमालले सोही क्षेत्रमा उम्मेदलवार बनेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्।
सिनालले आफ्नो उम्मेदवारी निष्कृय भएको उल्लेख गर्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गरेका छन्।
‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा जसपा डडेलधुराबाट प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मेरो उम्मेदवारी पूर्ण रूपमा निष्क्रिय गर्दै वाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्दछु,’ रिमालले भनेका छन्।
उनले प्रदेश सभा (क) प्रत्यक्षतर्फ उम्मेदवार खगराज भट्ट तथा प्रदेश सभा क्षेत्र नं. (ख) प्रत्यक्ष तर्फका उम्मेदवार गोविन्दराज बोहरालाई समर्थन गरी सहयोग गर्ने पनि उल्लेख गरेका छन्।











