शेखर कोइरालाले सर्वाजनिक गरे संकल्प प्रस्ताव
समग्र विकास र राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निभाउन आफूलाई जनताको साथ आवश्यक भएको नेता कोइरालालले संकल्प प्रस्तावमा उल्लेख गरेका छन्।
काठमाडौं, कात्तिक १९ : आसन्न प्रतिनिधिभास तथा प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र नं. ६ का उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
समग्र विकास र राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निभाउन आफूलाई जनताको साथ आवश्यक भएको नेता कोइरालालले संकल्प प्रस्तावमा उल्लेख गरेका छन्।
उनले आर्थिक असमानता र गरिवी जस्ता चुनौतीको सामना गर्ने, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्ने विषय पनि प्रस्तावमा उल्लेख गरेका छन्।
‘मोरङ ६ को आर्थिक असमानता र गरीबी जस्ता चुनौतीका साथै शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्नुपर्ने आवश्यकता छ,’ कोइरालाको संकल्प प्रस्तावमा लेखिएको छ, ‘युवा बेरोजगारीको समस्या डरलाग्दो छ। यसको सम्बोधन नगरी लोकतन्त्र स्थिर र उन्नत हुन सम्भव छैन । हाम्रा सम्मानित ज्येष्ठ नागरिकहरुका लागि निशुल्क स्वास्थ्य उपचार सँगै सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम हामी ल्याउँदै छौं।’
उनले विराटनगर विमानस्थलको स्तरोन्नति, पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक सुधार र मेडिकल कलेज यथाशीघ्र सञ्चालने कुरालाई पनि संकल्प प्रस्तावमा समेटेका छन्। यस्तै, उनले बिराटनगर चक्रपथको काम सम्पन्न गरि यथासक्य छिटो सञ्चालन ल्याइउने पनि प्रतिबतद्धता व्यक्त गरेका छन्।
आफूमाथि यस क्षेत्र र समग्र लोकतान्त्रिक आन्दोलनको ठुलो अपेक्षा भएको उलने बताए। ‘म मेरा मतदाताहरुलाई र मोरङको गौरवशाली इतिहासलाई साक्षी राखेर विश्वास दिलाउन चाहन्छु म किमार्थ तपाईहरुको भरोसामाथि कुठाराघात गर्ने छैन,’ उनले भने, ‘म तपाईहरुको मतको अपमान हुन दिने छैन र शिर झुक्न दिने पनि छैन । आगामी मंसिर ४ गते तपाईहरुको मतबाट हुने विजय हामी सबैको विजय हुनेछ।’











