स्थिरता र आर्थिक विकास लागि गठबन्धनलाई मत दिन नेता सिंहको आग्रह
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ का उम्मेदार रहेका सिंहले शनिबार घरदैलोका क्रममा आगामी निवोचनमा वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आग्रह गरे।
काठमाडौं, कात्तिक १९ : नेपाली कांग्रेसका नेता प्रकाशनमान सिंहले स्थिरता र आर्थिक विकासका लागि वाम लोकतान्त्रिक गठबन्धनलाई मत दिन आग्रह गरेका छन्।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ का उम्मेदार रहेका सिंहले शनिबार घरदैलोका क्रममा आगामी निवोचनमा वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आग्रह गरे।
‘संसद्को २ कार्यकाल संविधान लेखनमा बित्यो। अर्को कार्यकाल संविधान जोगााउन लाग्यो, अब कार्यान्वयनमा लैजानुपर्छ। विधान अक्षरशः पालना गरेर स्थिरता र आर्थिक विकासका लागि गठबन्धनलाई मत आवश्यक छ,’ नेता सिंहले भने।
उनले तीन तहले पूर्ण रूपमा काम गर्न नसक्दा संघीयताको महसुस हुन नसकेको बताए। अब कांग्रेसलाई यसको म्यान्डेट दिए संघीयताको महसुस गराउने उनले उल्लेख गरे।
यसअघि सरकारमा रहेकाहरूलाई संविधान कार्यान्वयनको अवसर भएपनि उनीहरु संविधान मास्न मात्रै लागिपरेको उनले बताए ।