Kathmandu Press

देउवा डडेल्धुरामा : आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

उनले आज विहान साढे ११ बजे अजयमेरु गाउँपालिका भद्रपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । आजै दिउँसो साढे २ बजे भागेश्वार गाउँपालिका रुपालमा हुने सभालाई पनि देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । 
देउवा डडेल्धुरामा : आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं, कात्तिक १९ : चुनाव प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज पनि दुई वटा सभालाई सम्बोधन गर्दै छन् । 

उनले आज विहान साढे ११ बजे अजयमेरु गाउँपालिका भद्रपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । आजै दिउँसो साढे २ बजे भागेश्वार गाउँपालिका रुपालमा हुने सभालाई पनि देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । 

कात्तिक १७ गतेदेखि गृहजिल्लामा रहेका प्रधानमन्त्री देउवाले हिजो नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गरेका थिए।  

आइतबार डडेल्धुरामा रहने देउवाले भोली आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा हुने सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ। 

प्रकाशित मिति: ०९:१६ बजे, शनिबार, कात्तिक १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्