Kathmandu Press

हरिबोधिनी एकादशी : घरघरमा तुलसीको पूजा, नारायण मन्दिरमा मेला (तस्बिरहरू)

असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको हरिबोधिनी एकादशीमा विवाह गरिदिने धार्मिक चलन रहेको छ।
हरिबोधिनी एकादशी : घरघरमा तुलसीको पूजा, नारायण मन्दिरमा मेला (तस्बिरहरू)

काठमाडौं, कात्तिक १८ : कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशी, घरघरमा तुलसीको पूजा र विवाह गरी मनाइएको छ।

असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको हरिबोधिनी एकादशीमा विवाह गरिदिने धार्मिक चलन रहेको छ। आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा सुरु गरिएको तुलसीको विवाह दामोदरसँग गरिदिने प्रचलन छ।

HARRAMBHETUWAL_KTM_RSS_18_IMG_1733(1)1667564562.JPG

तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुने शास्त्रीय वचन रहेको छ। हरिबोधिनी एकादशीका दिन शुक्रबार बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको थियो।

SushilaOli_Ghorahi_RSS_18_yekadasipujaphot1667564561.jpg

हरिबोधनी एकादशीलाई वर्षभरिका एकादशीहरूमा सबैभन्दा महत्वपूर्ण मानिन्छ। हरिशयनी एकादशीका दिन छिरसागरमा शयन गरेका भगवान विष्णु हरिबोधिनी एकादशीका दिन उठ्ने धार्मिक विश्वास पनि छ। त्यसैले विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो।  

BhagawatiLama_Nuwakot_RSS_18__Tulasipujagardai1667564677.jpg

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्ने गर्दछन्। भगवान विष्णु शयन गर्ने भएकाले बितेका चार महिनामा विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ।

SushilaOli_Ghorahi_RSS_18_yekadasipujaphot1667564561.jpg

हरिबोधिनी एकादशीका दिन भगवान विष्णुले माता तुलसीको प्रार्थना सुनेको र यसै प्रार्थनाको प्रभावले निन्द्राबाट ब्युँझिएको धार्मिक कथन छ। तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको बताइन्छ।

यस दिन अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ। यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ। (तस्बिरहरू : रासस)

RishiramBaral_Lekhanath_RSS_18_20221104_124304(2)1667564563.jpg

BasudevPoudel_Gandagi_RSS_18_pawarhouse1667564563.jpg

HARRAMBHETUWAL_KTM_RSS_18_IMG_17781667564562.JPG

KrishnaNeupane_Damauli_RSS_18_AadhimulEkadashibhidphoto1(1)1667564560.jpg

SanebahadurNepali_Tanahun_RSS_18_phfulkodolilaijadai1667564679.jpg

VishnuparsadGhimire_TansenPalpa_RSS_18_palpa_satyawotimela_photo_bishnughimire1667564679.jpg

TekrajAcharya_Nawalpur_RSS_18_53364B9F-95D8-4E14-B5DD-F9C26DBCDE441667564677.jpeg

SumitraAdhikari_Butwal_RSS_18_kartik-18tulsipujagardai1667564677.jpg

TekrajPokharel_Nawalpur_RSS_18_0ADE7875-7C43-4D60-BB4B-F7652365C49A1667564676.jpeg

RishiramBaral_Lekhanath_RSS_18_20221104_124304(1)1667564676.jpg

BhagawatiLama_Nuwakot_RSS_18__Tulasipujagardai1667564677.jpg

RishiramBaral_Lekhanath_RSS_18_20221104_124304(2)1667564563.jpg

NabinLamichhane_Manang_RSS_18_20221104_1041061667564560.jpg

प्रकाशित मिति: १७:१९ बजे, शुक्रबार, कात्तिक १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्