Kathmandu Press

गठबन्धनलाई भोट हालेर जिताउनुहोस्, जनताको सेवक बनेर काम गर्नेछु

गठबन्धनलाई भोट हालेर जिताउनुहोस्, जनताको सेवक बनेर काम गर्नेछु

सर्लाही : गठबन्धनका साझा उम्मेदवारले शुक्रबार सर्लाहीको क्षेत्र नम्बर ३ मा पर्ने बरहथवा नगरपालिका–१२ स्थित लालभित्तिमा आयोजित सभालाई सम्बोधन गर्दै आफ्ना योजना प्रस्तुत गरेका छन् ।

गठबन्धनका तर्फबाट संघीय सांसदका उम्मेदवार एवं माओवादी केन्द्रका नेता नरेन्द्र साहले आफूले चुनाव जितेपछि विकासको गति तीव्र बनाउने बताए । ‘गठबन्धनलाई भोट हालेर जिताउनुहोस्,’ उनले भने, ‘हामी ५ वर्षसम्म जनताको सेवक बनेर यही क्षेत्रको सुखदुःखको साथी बन्दै यहाँको विकासलाई तीव्र बनाउने छौं ।’ उनले विकास र समृद्धिका लागि वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गरे ।

साहले अघिल्लो चुनावमा पनि आफू उम्मेदवार भएको स्मरण गर्दै चुनाव हारे पनि निरन्तर ५ वर्षसम्म जनताको घरदैलोमै रहेको बताए । ‘चुनाव हारे पनि मैले यो क्षेत्रको विकासका लागि निरन्तर काम गरेको विदितै छ,’ उनले भने, ‘कतिपय कामहरु कोरोना महामारीका कारण पुरा हुन पाएन । चुनावपछि अधुरा कामहरुले रफ्तार लिनेछन् ।’ उनले यो क्षेत्रमा मधेस प्रदेशकै नमुना म्युजियम बनाउने घोषणा पनि गर्दै सर्लाहीलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्ने योजना उनले सुनाए ।

क्षेत्र नम्बर ३ प्रदेश सभा ‘ख’ का उम्मेदवार कांग्रेसका हरेस महतोले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल गरे ।

महतोले आफूहरुलाई जिताए ५ वर्ष जनताको सेवक बनेर उदाहरण प्रस्तुत गर्ने उल्लेख गरे । ‘प्रतिनिधीसभाको चुनावमा नरेन्द्र साह र प्रदेशमा मलाई जिताउनु आग्रह गर्दछु । जहिले पनि जनताको सुखदुःखमा हामीलाई साथै पाउनु हुनेछ । हामी यहि क्षेत्रका बासिन्दा हौं । तपाईंहरुकै भाइ, भतिजा र छोरा हौं ।’

प्रकाशित मिति: १८:०४ बजे, शुक्रबार, कात्तिक १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्