Kathmandu Press

विश्वभरका पर्यटकलाई नेपाल भित्र्याउने गरी पर्यटन क्षेत्रको विकास गर्नुपर्छ : मन्त्री श्रेष्ठ

थाहा नगरपालिकाले शुक्रबारबाट काठमाडौंको वसन्तपुर डबलीमा आयोजना गरेको थाहा पर्यटकीय फोटो प्रर्दशनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन्।
विश्वभरका पर्यटकलाई नेपाल भित्र्याउने गरी पर्यटन क्षेत्रको विकास गर्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं, कात्तिक १८ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले विश्वभरका पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी पर्यटन क्षेत्रको विकास गर्ने बताएका छन्।

थाहा नगरपालिकाले शुक्रबारबाट काठमाडौंको वसन्तपुर डबलीमा आयोजना गरेको थाहा पर्यटकीय फोटो प्रर्दशनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन्।

विश्वभरका पर्यटकहरुलाई नेपाल भित्र्याउन पर्यटक भ्रमण दशक कार्यक्रमलाई अभियानको रुपमा अघि बढाउने उनको भनाइ छ। मन्त्री श्रेष्ठले कल्चर, नेचर र यहाँ रहेका वैभवहरुका लागि पूर्वाधार विकास गरी नेपालमा १२ महिना पर्यटकहरु आकर्षित हुने गरी आफूले योजना तयार पारेको जानकारी दिए।

उनले पर्यटन क्षेत्रको समावेशी विकासका लागि आफूले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार परेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिने बताए। उनले आफू पर्यटन मन्त्रालयको जिम्मेवारीमा आइसकेपछि ७३ बुँदाको पर्यटन विकासको कार्यक्रमहरु अगाडि सारेको स्मरण गराए।

दीर्घकालीन रुपमा पर्यटन क्षेत्रको दीगो विकास गर्ने भनेर २०२३ देखि २०३२ सम्मलाई ‘पर्यटक भ्रमण दशक’ भनेर घोषणा गरेको उनले स्पष्ट पारे।  मन्त्री श्रेष्ठले थाहा नगरपालिकाले आयोजना गरेको फोटो प्रर्दशनीले पनि नेपाललाई पर्यटन क्षेत्रको गन्तव्यको रुपमा विकास गराउन सहयोग पु¥याउने विश्वास समेत व्यक्त गरे।

३ दिनसम्म चल्ने प्रर्दशनीमा थाहा नगरपालिकाको सांस्कृतिक, प्राकृतिक तथा धार्मिक महत्वका सम्पदाहरुको चित्रण गर्ने प्रयास गरिएको थाहा नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: १६:४७ बजे, शुक्रबार, कात्तिक १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्