Kathmandu Press

गुल्मी २ मा मेराे प्रतिस्पर्धी कोही छैन : गोकर्ण विष्ट

शुक्रवार बुटवलमा पत्रकारहरुसगँको भेटघाट कार्यक्रममा बोल्दै सचिव विष्टले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई लक्षित गर्दै ५६७ भोट मात्रै भएको पार्टीको उम्मेदवार झांक्री आफ्नो प्रतिष्पर्धी नभएको दाबी गरेका हुन्।
गुल्मी २ मा मेराे प्रतिस्पर्धी कोही छैन : गोकर्ण विष्ट

काठमाडौं, कात्तिक १८ : नेकपा एमालेका सचिव गोकर्ण विष्टले गुल्मी क्षेत्र नं. २ मा आफ्नो प्रतिष्पर्धी कोही नभएको दाबी गरेका छन्।

शुक्रवार बुटवलमा पत्रकारहरुसगँको भेटघाट कार्यक्रममा बोल्दै सचिव विष्टले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई लक्षित गर्दै ५६७ भोट मात्रै भएको पार्टीको उम्मेदवार झांक्री आफ्नो प्रतिष्पर्धी नभएको दाबी गरेका हुन्।

गुल्मी क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका नेता विष्टले चुनाव जितेपछि गाउँ नै नफर्किने पात्रलाई जनताले राम्ररी चिनेको बताउदै आफ्नो जीत सुनिश्चित भएको तर्क गरे। उनले चुनावपछि एकीकृत समाजवादीको राजनीतिक भविश्य सकिने बताउदै नेकपा एमालेको लोकप्रियता बढेकाले एमालेको बहुमत आउने ठोकुवा गरे।

उनले  देश विकास,सम्वृद्धि,गरिबी, बेरोजगारी हटाउन अहिलेको चुनाव महत्वपूर्ण रहेको बताउँदै सही पार्टी र उम्मेदवारलाई छनोट गर्न सचिव विष्टले मतदातालाई आग्रह गरे।

नेता विष्टले एमालेको पालामा गरेका विकास निर्माणका कामहरुलाई गलत प्रचार प्रसार गरेर विपक्ष दलहरुले जस लिन खोजेकोमा खेद प्रकट गर्दै  १० हजार बजेट कही हालेको प्रमाण नभएकाले सांसद हुँदा ५ वर्षसम्म जिल्लामा नफर्किनेसँग आफुलाई तुलना गर्न नहुने बताए।

सचिव विष्टले एमालेले घोषणापत्रमा समावेश गरेका सबै कार्यक्रमहरु पूर्ण कार्यान्वनमा आउने जानकारी दिँदै आफूले अगाडि सारेका विकास आयोजना गुल्मीको विकासमा महत्वपूर्ण रहेको बताए।

प्रकाशित मिति: १७:२६ बजे, शुक्रबार, कात्तिक १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्