Kathmandu Press

जनताका अपेक्षा पूरा गर्नेगरी काम गर्नेछु : गगन थापा

शुक्रबार काठमाडौंको चावहिलस्थित गणेशथान मन्दिरमा पुजा गरेर ९ बुँदे प्रतिवद्धतापत्रसहित चुनावी घरदैलो कार्यक्रम शुरु गर्दै महामन्त्री थापाले विकासका कामहरु क्रमबद्ध रुपमा गरी जनताका अपेक्षा पूरा गर्नेगरी काम गर्ने बताएका हुन्।
जनताका अपेक्षा पूरा गर्नेगरी काम गर्नेछु : गगन थापा

काठमाडौं, कात्तिक १८ : नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन थापाले जनताका अपेक्षा पूरा गर्नेगरी काम गर्ने बताएका छन्।

शुक्रबार काठमाडौंको चावहिलस्थित गणेशथान मन्दिरमा पुजा गरेर ९ बुँदे प्रतिवद्धतापत्रसहित चुनावी घरदैलो कार्यक्रम शुरु गर्दै महामन्त्री थापाले विकासका कामहरु क्रमबद्ध रुपमा गरी जनताका अपेक्षा पूरा गर्नेगरी काम गर्ने बताएका हुन्।

उनले आफू निर्वाचित भइसकेपछि आम जनतालाई निराश नबनाउने प्रतिबद्धता जनाए। महामन्त्री थापाले संविधानको रक्षा गरेर शान्तिपूर्ण वातावरणमा राजनीतिक स्थिरता कायम गरेर समृद्धिको लक्ष्यलाई भेटाउने बाहेक अर्को उदेश्य गठबन्धनको नभएको बताए।

राजनीतिक दलहरूले कात्तिक १७ गतेदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएसँगै घरदैलो कार्यक्रमलाई तीव्र बनाएका हुन्।

प्रकाशित मिति: १६:४० बजे, शुक्रबार, कात्तिक १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्