Kathmandu Press

डा. तोसिमाको आदेश खारेज गर्न आयोग सर्वोच्चमा 

सर्वोच्चबाट उम्मेदवारी कायम गर्न भएको आदेशमा आयोगले असन्तुष्टि जनाएको छ।
डा. तोसिमाको आदेश खारेज गर्न आयोग सर्वोच्चमा 

काठमाडौं, कात्तिक १८ : राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ की उम्मेदवार डा.तोसिमा कार्कीको मनोनयन कायम राख्ने सर्वोच्च अदालतको एकल इजलासबाट भएको अन्तरिम आदेश खारेज गर्न मागसहित निर्वाचन आयोगले शुक्रवार सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

सर्वोच्चबाट उम्मेदवारी कायम गर्न भएको आदेशमा आयोगले असन्तुष्टि जनाएको छ। निर्वाचन आयोगको निर्णय रोक्दै डा.कार्कीको उम्मेद्वारी कायम राख्न गत मंगलबार सर्वोच्चका न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश दिएको थियो।

कार्की लाभको पदमा रहेको दाबीसहित उम्मेदवार हुन नमिल्ने भन्दै सर्वोच्चको आदेशप्रति आयोगले आपत्ति जनाएको छ। आयोगको रिटमा अब सर्वोच्चका दुईजना न्यायाधीश संलग्न इजलासले निर्णय दिनेछ।
 

प्रकाशित मिति: १७:०० बजे, शुक्रबार, कात्तिक १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्