Kathmandu Press

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मीकाे पहिलो जित

टियु क्रिकेट मैदानमा शुक्रबार सुदुरपश्चिम प्रदेशलाई १६९ रनले हराउँदै आर्मीले पहिलो जित निकालेको हो। आर्मीले दिएको २ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरपश्चिमले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनायो।
प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मीकाे पहिलो जित

काठमाडौं, कात्तिक १८ : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ।

टियु क्रिकेट मैदानमा शुक्रबार सुदुरपश्चिम प्रदेशलाई १६९ रनले हराउँदै आर्मीले पहिलो जित निकालेको हो। आर्मीले दिएको २ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरपश्चिमले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनायो।

सुदुरपश्चिमका लागि बसन्त खत्रीले २५ रन जोडे। नारायण जोशीले १९ रन जोड्दा गजेन्द्र भण्डारीले १७ तथा टेक रावलले १५ रन बनाए। बसन्त कार्की १४ तथा मिलन बोहरा १२ रनमा आउट भए। आर्मीका लागि जितेन्द्र मुखियाले ३ विकेट लिए। बिक्रम सोब र शादब खानले २/२ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो।

आर्मीका लागि अर्जुन साउदले सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङ खेले। अर्धशतकीय इनिङ खेलेका रोहित पौडेलले ५२ रन जोडे। जितसँगै आर्मीले २ खेलमा २ अंक जोडेको छ। लगातार तेस्रो हार व्यहोरेको सुदुरपश्चिम प्रतियोगिताबाट समेत बाहिरिएको छ।

त्यस्तै अकोर्् खेलमा विभागीय टोली एपीएफ र गण्डकी प्रदेशबीचको खेल  भने टाइ भएको छ। मुलपानी क्रिकेट मैदानमा भएको एपीएफ र गण्डकीबीचको रोमान्चक खेल टाइ भएको हो। खेल टाइ भएसँगै एपीएफ र गण्डकीले एक एक अंक बाडेका छन्। एपीएफले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३१ ओभरमा अलआउट हुँदै १ सय १५ रन बनायो। गण्डकीका लागि अविशेक बस्नेतले २४ रन बनाए।

अर्जुन कुमालले १८ रन जोड्दा  कप्तान विपिन खत्रीले १७ रन बनाए। कमल परियार ११ रनमा आउट भए। एपीएफका मौषम ढकाल र किशोर महतोले ४/४ विकेट लिए। भुवन कार्कीले २ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय १५ रन बनाएको थियो।

एपीएफलाई सस्तैमा समेट्न गण्डकीका अर्जुन कुमाल र अमृत गुरुङले ३/३ विकेट लिए। सुबाश भण्डारीले २ विकेट लिए। यस खेलपछि समूह ए मा रहेको एपीएफले ३ खेलमा ५ अंक जोडेको छ। एपीएफ शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति: १६:५३ बजे, शुक्रबार, कात्तिक १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्