आफूले सानदार ढंगले चुनाव जित्ने मिश्रकाे दाबी
उनले चुनावी घरदैलो कार्यक्रम एकदमै प्रभावकारी भइरहेको भन्दै काठमाडौ क्षेत्र नम्बर १ मा पूरै भोट रविन्द्र मिश्रमा केन्द्रित गर्नुपर्छ भन्ने भावना प्रबल भएर गएको देखिएको दाबी गरे।
काठमाडौं, कात्तिक १८ : राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रविन्द्र मिश्रले आगामी निर्वाचनमा आफूले शानदार विजय हासिल गर्ने दाबी गरेका छन्।
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घरदैलो कार्यक्रमा व्यस्त रहेका वरिष्ठ उपाध्यक्ष मिश्रलाई शुक्रबार चुनावी घरदैलो कार्यक्रमा जनताबाट कस्तो प्रतिक्रिया पाइएको भन्दै गरिएकाे प्रश्नमा आफू जस्तो मान्छे संसदमा पुग्नै पर्छ र पुर्याउनैपर्छ भन्ने भावना जनतामा सर्वत्र देखिएकाले लक्ष्य अनुसारको शानदार विजय हासिल गर्नेमा आफू ढुक्क रहेको जिकिर गरेका हुन्।
उनले चुनावी घरदैलो कार्यक्रम एकदमै प्रभावकारी भइरहेको भन्दै काठमाडौ क्षेत्र नम्बर १ मा पूरै भोट रविन्द्र मिश्रमा केन्द्रित गर्नुपर्छ भन्ने भावना प्रबल भएर गएको देखिएको दाबी गरे।
राजनीतिक दलहरूले कात्तिक १७ गतेदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएसँगै मिश्रले पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। मिश्र काठमाडौंको क्षेत्र नम्बर १ बाट दोस्रोपटक संसदीय चुनाव लड्दै छन्।











