पत्रकार सम्मेलन गर्न खोज्दा निहारिका प्रहरीकाे नियन्त्रणमा
आफ्ना छोरा र बलात्कार आरोपित धनुषाका शिवराज श्रेष्ठबीच डीएनए मिलेपछि प्रधानमन्त्री निवास बालुवाटार गेटमा पत्रकार सम्मेलन गर्न खोज्दा निहारिकालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
काठमाडौं, कात्तिक १८ : ‘कुमारी आमा’मा चिनिएकी महोत्तरीकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आफ्ना छोरा र बलात्कार आरोपित धनुषाका शिवराज श्रेष्ठबीच डीएनए मिलेपछि प्रधानमन्त्री निवास बालुवाटार गेटमा पत्रकार सम्मेलन गर्न खोज्दा निहारिकालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
डिएनए परीक्षणको रिपोर्ट सार्वजनिक गर्न माग गर्दै उनी शुक्रबार दिउँसो पत्रकार सम्मेलनका लागि बालुवाटार पुगेकी थिइन्। निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न नपाउने भन्दै प्रहरीले उनलाई रोकेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
डिएनएको रिपोर्ट आइसकेको अवस्थामा निहारिकाले सञ्चारकर्मीसमक्ष आफूलाई अंश र नाता कायम नचाहिएको तर शिवराजलाई बलात्कार मुद्दामा कारबाही हुनुपर्ने माग दोहो¥याएकी छन्।
महोत्तरी जलेश्वरकी निहारिकाका छोराको डिएनए बलात्कार आरोपित धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका–३ का शिवराज श्रेष्ठसँग मिलेको रिपोर्ट शुक्रबार सार्वजनिक भएको थियो। उनीहरूको डिएनए मिलेको पुष्टि उच्च अदालत जनकपुरलेजानकारी दिएको हो।
उनी आफ्नो छोरा बलात्कारबाट जन्मिएको बताउँदै शिवराज श्रेष्ठसँग डिएनए जाँच गराउन माग गर्दै पटकपटक अनशन बसेकी थिइन्। उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए परीक्षण गर्न गत भदौ ८ गते आदेश दिएको थियो।











