गोरखामा राप्रपाका उम्मेदवार नै माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, कात्तिक १८ : गोरखामा राप्रपाका उम्मेदवार नै नेकपा माओवादी केन्दमा प्रवेश गरेका छन् ।
गोरखा निर्वाचन क्षेत्रनम्बर २ को प्रदेश (क) का उम्मेदवार इ. सुबोध बस्नेत शुक्रबार राप्रपा परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । बस्नेतले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
माओवादी केन्द्र प्रवेश गर्दै बस्नेतले नेपालको राजनीतिको सहि निकास वाम लोकतान्त्रिक गठबन्धनले मात्र दिन सक्ने बताएका छन् । नेपालको राजनीतिको मियो, शान्ति र क्रान्तिका नायक नै गोरखामा उम्मेदवार भएर आउनु सम्पूर्ण गोरखाली जनताका लागि गौरवको विषय रहेको बस्नेतले बताएका छन् ।
उनले गोरखामा प्रचण्ड र गठबन्धनका उम्मेदवारलाई जिताउन लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
प्रकाशित मिति: १५:३१ बजे, शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











