Kathmandu Press

सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतकाे आदेश 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतकाे आदेश 

काठमाडौं, कात्तिक १८ : काठमाडौं जिल्ला अदालतले नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

मंगलबारदेखि सुरु भएको थुनछेक बहस शुक्रबार सकिएको थियो । बहस सकिएलगत्तै उनलाई केन्द्रीय कारागार जगन्नाथ देवलमा पठाउन आदेश भएको छ । 

अब उनले मुद्दाको अन्तिम फैसला नहुन्जेलसम्म थुनामै बसेर मुद्दाको प्रतिवाद गर्नेछन् । 

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो।

सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनालीलगायतले लामिछानेको पक्षबाट बहस गरेका थिए ।

प्रकाशित मिति: १४:४७ बजे, शुक्रबार, कात्तिक १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्