Kathmandu Press

एमालेले आज दार्चुलाबाट चुनावी सभा सुरु गर्दै 

सुदूर पश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आज धनगढीबाट हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
एमालेले आज दार्चुलाबाट चुनावी सभा सुरु गर्दै 

काठमाडौं, कात्तिक १८ : नेकपा (एमाले) को चुनावी आमसभा आजबाट सुरु हुने भएको छ ।  

सुदूर पश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आज धनगढीबाट हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

ओलीले आज खलंगामा हुने जनसभालाई सम्बोधन गर्नेछन्।आजदेखि एमालेले राष्ट्रव्यापी चुनावी अभियान तथा यात्राको आरम्भ गर्न लागेको हो।

एमाले अध्यक्ष ओलीले आजै बैतडी र कञ्चनपुरमा आयोजित जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। एमालेले मुख्य प्रचारकका लागि हेलिकप्टर प्रयोग गर्ने अनुमति पनि निर्वाचन आयोगबाट लिइसकेको छ।    

प्रकाशित मिति: ०७:२३ बजे, शुक्रबार, कात्तिक १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्