Kathmandu Press

तोसिमाको उमेदवारी कायम गर्ने आदेशविरुद्ध निर्वाचन आयोग सर्वोच्च जाने

तोसिमाको उमेदवारी तत्काल खारेज नगर्न सर्वोच्चले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै आयोग सर्वोच्च जान लागेको हो । आयोगले लाभको पदमा रहेको बताउँदै तोसिमाको उमेदवारी खारेज गरेको थियो ।
तोसिमाको उमेदवारी कायम गर्ने आदेशविरुद्ध निर्वाचन आयोग सर्वोच्च जाने

काठमाडौं, कात्तिक १८ : निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उमेदवारी खारेजीको माग गर्न आज सर्वोच्च अदालत जाने तयारीमा रहेको छ ।

तोसिमाको उमेदवारी तत्काल खारेज नगर्न सर्वोच्चले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै आयोग सर्वोच्च जान लागेको हो । आयोगले लाभको पदमा रहेको बताउँदै तोसिमाको उमेदवारी खारेज गरेको थियो ।

तर, आयोगको निर्णयविरुद्ध उनी सर्वोच्च पुगेकी थिइन् । सर्वोच्चले तोसिमाको उमेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश दिएपछि उनको उमेदवारी कायम गरिदिएको थियो । 

प्रकाशित मिति: ०७:१३ बजे, शुक्रबार, कात्तिक १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्