Kathmandu Press

भक्तपुरमा माेटरसाइकल र स्कुटर ठाेक्किँदा एककाे मृत्यु तीन घाइते

भक्तपुरमा माेटरसाइकल र स्कुटर ठाेक्किँदा एककाे मृत्यु तीन घाइते

भक्तपुर, कात्तिक १७ : भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

बागमती ए ए ए २६८७ नम्बरको स्कुटर र बागमती प्रदेश-०२-०३७ प १८५२ नम्बरको मोटरसाइकल ठोक्किँदा १७ वर्षीया आयुषा सुवेदीको मृत्यु भएकाे हाे।

मोटरसाइकल पछाडि सवार रहेका धादिङ गजुरी गाउँपालिका-७ सुवेदीको नेपाल कोरिया मैत्री अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

माेटरसाइकलमा सवार झापा कमल गाउँपालिकाका १८ वर्षीय करण दाहाल सामान्य घाइते भएका थिए। उनलाई उपचारपछि डिस्चार्ज भएर प्रहरी वृत्त ठिमीमा राखिएको छ।

त्यस्तै, स्कुटर चालक मध्यपुर ठिमी नगरपालिका-२ की ३५ वर्षीया पुष्पा थापामगर र उनका ७ वर्षीय छोरा समर्जन थापामगरको बिएन्डबी अस्पातलमा उपचार भइरहेको छ।

बिहीबार अपराह्न साढे ४ बजे मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमी हलेसीमार्ट नजिकै दुर्घटना भएको थियाे।

दुर्घटनामा संलग्न दुबै सवारी साधन प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा छ।

प्रकाशित मिति: २०:१३ बजे, बिहीबार, कात्तिक १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्