Kathmandu Press

पौडेल समूह सहभागी नभएपछि कांग्रेस बैठक स्थगित

काठमाडौं, मंसिर ३० : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। 

वरिष्ठ नेता रामचन्द्र पौडेल समूह केन्द्रीय समिति बैठकमा स....

पौडेल समूह सहभागी नभएपछि कांग्रेस बैठक स्थगित
फाइल

काठमाडौं, मंसिर ३० : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। 

वरिष्ठ नेता रामचन्द्र पौडेल समूह केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएपछि बैठक बस्दै नबसेर स्थगित भएको हो। केन्द्रीय समितिको अर्को बैठक पुस २ गते दिउँसो १ बजेका लागि बोलाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

पौडेल समूहले १४ औं महाधिवेशनको कार्यतालिका नल्याएसम्म केन्द्रीय समिति बैठकमा सहभागी नहुने बताउँदै आएको छ। पछिल्लो तीन दिन सहमतिको प्रयास गरिएपनि अझै दुई पक्षबीच महाधिवेशनको कार्यतालिका अघि बढाउने विषयमा सहमति हुन सकेको छैन। 

यसअघि संस्थापन इतरको समूहले बिहीबार र आइतबार बोलाइएको केन्द्रीय समितिको बैठक पनि बहिष्कार गरेका थिए। 

प्रकाशित मिति: १७:१६ बजे, सोमबार, मंसिर ३०, २०७६