धनगढीलाई ९६ रनको लक्ष्य
धनगढी, माघ २९ : धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत सोमबारको पहिलो खेलमा सिवाईसी अत्तरियाले धनगढी स्टार्सलाई ९६ रनको लक्ष्य दिएको छ ।
टस जि....

धनगढी, माघ २९ : धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत सोमबारको पहिलो खेलमा सिवाईसी अत्तरियाले धनगढी स्टार्सलाई ९६ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको अत्तरियाले पाँच विकेटको क्षतिमा ९५ रन मात्रै बनायो । उसका लागि सन्नी पटेल ३५, जयकिसन कोल्सवाला २१, प्रेम तामाङ १२ र दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए ।
धनगढीका बलरले कसिलो बलिङ गरे । रोहन मुस्ताफाले दुई, सोमपाल कामी, अमित हायात र विपिन खत्रीले एक÷एक विकेट लिए ।
प्रतिउत्तरमा धनगढीले पाँच ओभरमा दुई विकेट गुमाउँदै २२ रन बनाएको छ ।
प्रकाशित मिति: ११:१८ बजे, मंगलबार, माघ २९, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार