पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
एक प्रदर्शनमा सहभागी भइरहेका बेला उनीमाथि गोली चलेको हो। गोली लागेर खानसँगै अरू चारजना घाइते भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ।काठमाडौं, कात्तिक १७ : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ।
गुजरावालाको अल्लाहवाला चोकनजिकै भइरहेकाे एक प्रदर्शनमा सहभागी उनीमाथि गोली चलेको हो। गोली लागेर खानसँगै अरू चारजना घाइते भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ। गोली लागेर घाइते हुनेमा पूर्वराज्यपाल इमरान इस्मेल र पाकिस्तान तहरीक-ए-इन्साफका नेता फैसल जावेद पनि रहेको जनाइएको छ।
पाकिस्तान तहरीक-ए-इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ। खानलाई उपचारका लागि लाहोरस्थित एक अस्पताल भर्ना गरेको बताइएको छ। इमरान खान पछिल्लो समय पाकिस्तानी सरकारविरुद्ध भइरहेको प्रदर्शनमा सहभागी हुँदै आइरहेका थिए।
उपहार लिने विषयमा झुटो विवरण पेस गरेको भन्दै इमरानलाई त्यहाँको निर्वाचन आयोगले पाँच वर्ष चुनाव लड्न प्रतिबन्ध लगाएको छ। त्यसैको विरुद्धमा उनी सडक प्रदर्शनमा सहभागी हुँदै आइरहेको सञ्चारमाध्यमहरुले जनाएका छन्।