Kathmandu Press

दुई किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा ९ जना पक्राउ 

सांस्कृतिक कार्यक्रम हेरेर फर्किने क्रममा ती किशोरीहरुलाई दर्जन बढी व्यक्तिहरुको समूहले अपहरण गरी  गैडहवा गाउँपालिका–२ कुलीचौरस्थित कञ्चन खोलाको बगरमा लगरे सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ । 
दुई किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा ९ जना पक्राउ 

काठमाडौं, कात्तिक १७ : रुपन्देही प्रहरीले दुई किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ । 

बुधबार राति रुपन्देहीको कञ्चन गाउँपालिका–२ गौफ्लापुरका १५ र १६ वर्षीया किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा  सैनामैना नगरपालिका–१० का १८ वर्षीय बबि पाण्डे, २६ वर्षीय रामबहादुर बिक, नामैना–११ बनकट्टिकी १९ वर्षीय पदम कार्की र गैडहवा गाउँपालिका–८ का १८ वर्षीय राहुल परियारलगायत रहेका प्रहरीले जानकारी दिएको छ। 

बुधबार गाउँमै लागेको सांस्कृतिक कार्यक्रम हेरेर फर्किने क्रममा ती किशोरीहरुलाई दर्जन बढी व्यक्तिहरुको समूहले अपहरण गरी  गैडहवा गाउँपालिका–२ कुलीचौरस्थित कञ्चन खोलाको बगरमा लगरे सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ । 

पक्राउ परेका आरोपितहरुको बयानका आधारमा फरार रहेका अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। 


 

प्रकाशित मिति: १७:२८ बजे, बिहीबार, कात्तिक १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्