Kathmandu Press

भारतमा हुने अन्तर्राष्ट्रिय ह्विलचेयर बास्केलबलमा नेपालबाट २४ खेलाडी जाने

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कात्तिक २० गतेदेखि २५ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट खेलाडीसहित ३२ जनाको टोली भारत जाने जानकारी गराएको हो।
भारतमा हुने अन्तर्राष्ट्रिय ह्विलचेयर बास्केलबलमा नेपालबाट २४ खेलाडी जाने

काठमाडौं, कात्तिक १७ :  कात्तिक २० देखि भारतमा हुने ६ दिने आइसिआरसी अन्तर्राष्ट्रिय ह्विल चेयर बास्केलबल टुर्नामेन्ट प्रतियोगिताको तेस्रो संस्करणमा नेपालबाट २४ जना खेलाडी सहभागी हुने भएका छन्।

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कात्तिक २० गतेदेखि २५ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट खेलाडीसहित ३२ जनाको टोली भारत जाने जानकारी गराएको हो।

प्रतियोगिता संघको नेतृत्वमा आईसिआरसी, प्यारालाम्पिक कमिटि अफ इन्डिया र ह्विलचेयर बास्केटबल फेडेरेसन अफ इन्डियाको संयुक्त आयोजनामा भारतको नयाँ दिल्ली (नोएडा) मा हुन लागेको हो।

पत्रकार सम्मेलनमा संघकी अध्यक्ष देवी आचार्यले प्रतियोगिताको लागि नेपालबाट ३२ जनाको टोली कार्तिक १९ गते भारततर्फ प्रस्थान गर्ने जानकारी दिए। जसमध्ये १२ जना महिला खेलाडीहरु र १२ जना पुरुष खेलाडी गरि जम्मा २४ जना खेलाडीहरु सहभागी हुने उनको भनाइ छ।

६ दिनसम्म चल्ने उक्त प्रतियोगितामा नेपालले महिला र पुरुष दुई टिमलाई सहभागी गराउनेछ। सो प्रतियोगितामा पुरुषतर्फ अफगाननिस्तान, बंगलादेश, कम्बोडिया, गाजा, इन्डिया, लिबिया, नेपाल र सिरियागरी आठ देशबाट टिम सहभागी हुनेछन्।

त्यसैगरी, महिलातर्फ कम्बोडिया, भारत र नेपालगरि तीन देशबाट तीन वटा टिमको सहभागी हुने संघले जनाएको छ।

संघले खेलकुदका लागि आर्थिक अभाव हुँदाहुँदै पनि गत भदौ २७ गतेदेखि कार्तिकक १६ गतेसम्म खेलाडीहरुलाई प्रशिक्षण तालिम सञ्चालन गरेको अध्यक्ष आचार्यले बताए।   

प्रकाशित मिति: १७:०५ बजे, बिहीबार, कात्तिक १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्