Kathmandu Press

व्यक्तिको नाममा दर्ता भएको १९ विघा जमिनको दर्ता खारेजी

काठमाडाैं, मंसिर ३० : सरकारले अनाधिकृत रुपमा व्यक्तिका नाममा दर्ता भएको करिब १९ बिघा जमिनको दर्ता खारेजी गरेको छ।

मालपोत कार्यालय बरहथवा सर्....

व्यक्तिको नाममा दर्ता भएको १९ विघा जमिनको दर्ता खारेजी
फाइल

काठमाडाैं, मंसिर ३० : सरकारले अनाधिकृत रुपमा व्यक्तिका नाममा दर्ता भएको करिब १९ बिघा जमिनको दर्ता खारेजी गरेको छ।

मालपोत कार्यालय बरहथवा सर्लाहीमा अनधिकृत व्यक्तिहरूले आफ्नो नाममा दर्ता गरेका जमिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दर्ता खारेजी गरी नेपाल सरकारको नाममा कायम गरेको हो। 

साविकमा नेपाल सरकारको नाममा दर्ता कायम भएको बरहथवा नगरपालिका अन्तर्गतका जग्गा विभिन्न व्यक्तिहरूले अनधिकृत रुपमा आफ्नो नाममा बनाएको पाएपछि मन्त्रालयले जग्गा सरकारको नाममा फर्काउन पहल थालेको थियो।

कित्ता नम्बर ७३ को चार विघा २ कट्ठा ३ धुर, कित्ता नम्कर १६८ को १३ कट्ठा, कित्ता नम्बर ३२८ को ७ विघा १४ कट्ठा, कित्ता नम्बर २१४ को ५ विघा १० कट्ठा, कित्ता नम्बर १४२ को १२ कट्ठा र कित्ता नम्बर १४३ को १ विघा १७ कट्ठा १० धुर गरी जम्मा १८ विघा १५ कट्ठा १३ धुर जमिन सरकारले ति व्यक्तिहरूको नामबाट दर्ता कारेज गरी सरकारको नाममा कायम गरेको हो। 

मालपोत ऐन, २०३४ को दफा २४(२) बमोजिम बदर गरी सरकारको नाममा जमिन कायम गरिएको भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक कृष्ण ज्ञवालीले जानकारी दिए।   

बरहथवा नगरपालिका अन्तर्गत साबिक गंगापुर सितापुरका ईनरदेव साह सुडी, हजरियाका जगदेब महतो, गंगापुर सितापुरका दीर्घमाया दर्लामी, तोतादेबी दर्लामी र शोभादेवी दर्लामीको नाममा उक्त सरकारी जग्गा जनधिकृत रुपमा दर्ता गरिएको थियो। त्यस्तो १३ कट्ठा जमिनको दोहोरो लगत कट्टा गरिएको छ। 

बरहथवामा आयोजित भव्य समारोहकाबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उक्त जग्गा अनधिकृत व्यक्तिको नाममा भएको दर्ता खारेज गरी सरकारको नाममा दर्ता गरेको घोषणा गरेकी हुन्। 

प्रकाशित मिति: १६:४३ बजे, सोमबार, मंसिर ३०, २०७६