Kathmandu Press

सत्ता गठबन्धनले जनतालाई सुखी बनाउने कार्यभार पूरा गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

नेता श्रेष्ठले समृद्धिको पक्षमा गुणात्मक हस्तक्षेप गरेर मात्रै जनतालाई समृद्धि दिन सकिने भन्दै अहिलेको सत्ता गठबन्धनले जनतालाई सुखी र समृद्ध बनाउने कार्यभार पूरा गर्नुपर्ने बताए।
सत्ता गठबन्धनले जनतालाई सुखी बनाउने कार्यभार पूरा गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडाैं, कात्तिक १७ : माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले आवश्यकता अनुसार गुणात्मक फड्को मार्न नसकेको बताए।

बिहीबार गोरखा–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले त्यस्ताे बताएका हुन्।

नेता श्रेष्ठले समृद्धिको पक्षमा गुणात्मक हस्तक्षेप गरेर मात्रै जनतालाई समृद्धि दिन सकिने भन्दै अहिलेको सत्ता गठबन्धनले जनतालाई सुखी र समृद्ध बनाउने कार्यभार पूरा गर्नुपर्ने बताए।

उनले यसअघि गोरखामा कांग्रेस र माओवादीको प्रतिस्पर्धा हुने तर यसपटक प्रतिस्पर्धाविहीन भए पनि असाधारण मत संख्याले उम्मेदवारले विजय हासिल गर्यो भनेर पुष्टि गर्नुपर्ने चुनौती रहेको बताए।

नेता श्रेष्ठले राजनीतिक उपलब्धिलाई संस्थागत गरेको संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने बताए। आर्थिक समृद्धिको फड्को मार्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने कार्यभार पूरा गर्न वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: १४:३० बजे, बिहीबार, कात्तिक १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्