Kathmandu Press

कांग्रेस सांसद पन्थद्वारा विरोधको सूचना दर्ता

काठमाडाैं, मंसिर ३० : नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक....

कांग्रेस सांसद पन्थद्वारा विरोधको सूचना दर्ता
फाइल

काठमाडाैं, मंसिर ३० : नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ राष्ट्रियसभा बैठकमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दर्ता गराएका छन्।  

सरकारद्वारा राष्ट्रियसभामा दर्ता गरिएको सो विधेयकले नेपालको संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रतालाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनीयता भङ्ग हुने कारण देखाउँदै उनले विरोधको सूचना दर्ता गराएका हुन्।

विधेयक संविधानमा उल्लिखित मौलिक हकको प्रतिकूल भएको भन्दै सांसद पन्थले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधको सूचना पेश गरेको जानकारी दिए।
 

प्रकाशित मिति: १६:११ बजे, सोमबार, मंसिर ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्