Kathmandu Press

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा : वि.सं. २११० सम्ममा यस्तो हुनेछ नेपाल 

रास्वपाले विस २११० मा कोही पनि नेपाली गरिबीको रेखामुनी नरहने घोषणा गरेको छ । त्यस्तै त्यतिबेलासम्म कोही पनि नेपाली युवा रोजगारको लागि विदेश जान नपर्ने वाचा पत्रमा उल्लेख छ । 
राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा : वि.सं. २११० सम्ममा यस्तो हुनेछ नेपाल 

काठमाडौं, कात्तिक १७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंसिर ४ को निर्वाचनका लागि वाचा पत्र सार्वजनिक गरेको छ। वाचापत्रमा विभिन्न योजनासहित विस २११० सम्म नेपाललाई कस्तो बनाउने भन्ने परिकल्पना गरिएको छ । 

रास्वपाले विस २११० मा कोही पनि नेपाली गरिबीको रेखामुनी नरहने घोषणा गरेको छ । त्यस्तै त्यतिबेलासम्म कोही पनि नेपाली युवा रोजगारको लागि विदेश जान नपर्ने वाचा पत्रमा उल्लेख छ । 

रास्वपाले परिकल्पना गरेको २११० को नेपाल :

१. समान गुणस्तरको शिक्षा र स्वास्थ्यमा सबै नागरिकको समान पहुँच हुनेछ । वि.सं. २११० पछि शिक्षा र स्वास्थ्य क्षेत्रलाई सामुदायीकरण गरी पूर्णरुपमा गैरनाफामूलक बनाइनेछ । वि.सं. २११० सम्म सम्पूर्ण नेपालीहरु पूर्ण बिमाको दायरामा हुनेछन् । जसले मुलतः शिक्षा र स्वास्थ्य सेवाको ग्यारेन्टी गर्नेछ। 

२. नेपाल अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा घुम्न लायक गन्तव्यको सूचीको उत्कृष्टमा मात्र होइन घुमिएको गन्तव्यको रुपमा पनि संसारकै उत्कृष्ठ पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुनेछ। 

३.  नेपाल विश्व शान्ति क्षेत्रको रुपमा स्थापित हुनेछ। दिनहोस् या रातहोस् छोरा होस् या छोरी होस् बालक होस् या वृद्धा होस् जो कोही पनि नेपालको जुनसुकै भूभागमा शान्ति र सुरक्षा प्रत्याभुत भई निस्फिक्री हिँडडुल गर्न सक्नेछन् । 

४. नेपाल हरित (कार्बन नेगेटिभ) राष्ट्रको रुपमा स्थापित हुनेछ । दुर्लभ वन्य जन्तुको संख्यामा वृद्धि भई दुर्लभ रहने छैनन्। 

५. कुनैपनि नेपालीहरु रोजगारीका लागि विदेश जान वाध्य हुने छैनन्। 

६. नेपालका प्रत्येक भूभाग एक अर्कासँग गुणस्तरीय र सुलभ यातायात प्रणालीमा जोडिएका हुने छन्।

७. सूचना तथा सञ्चार प्रविधिमा सबै नेपालीको सुलभ पहँच र उपलब्धता हुनेछ । डिजिटल तथा सूचना प्रविधि क्षेत्रमा हरेक नेपाली शिक्षित हुनेछन् । नेपाल अन्तर्राष्ट्रियरुपमा डिजिटल हब बन्ने छ र यस क्षेत्रमा आत्मनिर्भर हुनेछ। 

८. नेपालका सबै किसिमका पानीका स्रोतहरुलाई संरक्षण र व्यवस्थित गरी बाढी, भूक्षय, पहिरो, डढेलो, हिमताल विष्फोट लगायतका प्राकृतिक प्रकोपहरुको सम्भावना न्यून हुनेछ । 

९. गरिबीको रेखामुनि रहेका नेपलाीको संख्या शून्य हुनेछ। 

१०. सबै नागरिकको सामाजिक र आर्थिक सुरक्षाको ग्यारेन्टी हुनेछ। 

११. सबै किसिमका विभेद र दलनहरुको उन्मुलन भएर कुनै पनि जाती वा समूदायलाई आरक्षणको आवश्यकता पर्ने छैन । सबैले राज्यको मुलधारमा समान पहुँच र अवसर पाई आरक्षण बिना नै खुला प्रतिस्पर्धामार्फत सबैको समानुपातिक, समावेशिता प्रतिनिधित्व हुने भएकाले आरक्षण सान्दर्भिक हुने छैन ।

१२. आधुनिक सुविधा सम्पन्न गाउँहरु हुनेछन्। सहरहरु गाउँ जस्ता हुनेछन् । 

१३. खेलकुदमा अन्तर्राष्ट्रिय (ओलम्कि, क्रिकेट टि–ट्वान्टी विश्वकप) पदक हासिल गरिसकेका हुनेछौं । 

१४. नेपाल विश्वमा न्युन भ्रष्टाचार हुने मुलुकमा पर्नेछ ।

१५. नेपालमा पूर्णतया लोकतान्त्तिक मूल्य मान्यताका आधारमा सम्पूर्ण जनताले आफ्नो मतको अर्थ बुझ्ने गरी सहभागी भएको निर्वाच्न प्रक्रियाबाट उन्नत लोकतन्त्रको विकास भइसकेको हुनेछ ।

१६. मित्र राष्ट्रहरुसँगका असमान सन्धि सम्झौताहरु खारेज भई समानताको आधारमा सम्बान्धहरु स्थापित भइसकेको हुनेछ र नेपाली  पासपोर्ट शक्तिशाली हुनेछ। 
 

 

प्रकाशित मिति: १४:३३ बजे, बिहीबार, कात्तिक १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्