Kathmandu Press

‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई निरन्तरता दिनुपर्छ : उपमहासचिव गुरुङ

लमजुङकाे सुन्दरबजरका मतदाता भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले  जिल्लाको खानेपानी, सडक, मोटरेवल, झोलुङे पुल, निर्माणदेखि स्वास्थ्य क्षेत्र, शिक्षालगायतका क्षेत्रको विकासलाई अघि बढाएको बताए।
‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई निरन्तरता दिनुपर्छ : उपमहासचिव गुरुङ

लमजुङ, कात्तिक १७ : नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफू गण्डकी प्रदेशका मुख्यमन्त्री हुँदा जिल्लामा धेरै विकासका काम अघि बढाएको दाबी गरेका छन्।  

लमजुङकाे सुन्दरबजरका मतदाता भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले  जिल्लाको खानेपानी, सडक, मोटरेवल, झोलुङे पुल, निर्माणदेखि स्वास्थ्य क्षेत्र, शिक्षालगायतका क्षेत्रको विकासलाई अघि बढाएको बताए।

प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव गुरुङले ‘समृद्ध नेपाल,सुखी नेपाली’को अभियानलाई निरन्तरता दिनुपर्ने खाँचो औंल्याए।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनी एमालेबाट लमजुङबाट प्रतिस्पर्धा गर्दैछन्। सत्तागठबन्धनका तर्फबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङसँग उनकाे प्रतिस्पर्धा हुँदैछ।  

प्रकाशित मिति: १३:५४ बजे, बिहीबार, कात्तिक १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्