राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पहिलोपटक भाग लिन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र पनि पहिलोपटक नै ल्याउन लागेको हो।
काठमाडौं, कात्तिक १७ : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी घोषणापत्र आज (बिहीबार) सार्वजनिक गर्ने भएको छ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पहिलोपटक भाग लिन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र पनि पहिलोपटक नै ल्याउन लागेको हो।
पार्टीको ‘वाचा पत्र’ घोषणापत्र सार्वजनिक गर्नका लागि बिहीबार बिहान ११ बजे राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम राखिएको स्वतन्त्र पार्टीले जनाएको छ। घोषणापत्र पार्टी सभापति रवि लामिछानेलेले सार्बजनिक गर्ने छन् ।
प्रकाशित मिति: ०७:४० बजे, बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार