Kathmandu Press

सन्दीपको मुद्दामा आज पनि थुनछेक बहस

बुधबार हेर्दाहेर्दैमा रहेको मुद्दामा आज पुनः बहस हुनेछ । बुधबार सन्दीपका तर्फबाट दुई कानुन व्यवसायीहरूले बहस गरेका थिए । सन्दीपका पक्षबाट आज तीनजना कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।
सन्दीपको मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौं, कात्तिक १७ : बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको तर्फबाट कानुन व्यवसायीहरूले आज पनि बहस गर्दैछन् ।

बुधबार हेर्दाहेर्दैमा रहेको मुद्दामा आज पुनः बहस हुनेछ । बुधबार सन्दीपका तर्फबाट दुई कानुन व्यवसायीहरूले बहस गरेका थिए । सन्दीपका पक्षबाट आज तीनजना कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।

बुधबार जिल्ला अदालत काठमाडौंमा अधिवक्ता मुरारी सापकोटा र रोशनी पौड्यालले सन्दीपलाई धरौटीमा रिहा गर्नुपर्ने माग गर्दै बहस गरेका थिए ।  सन्दीपको पक्षबाट बहस गरेरका कानुन व्यवसायीले पीडितको उमेर १८ वर्ष कटिसकेको जिकिर गरेका छन् ।

अधिवक्ता सापकोटाको अनुसार जाहेरवालीको जन्मदर्ता अनुसारको जन्ममिति कायम भएमा उनको उमेर १९ वर्ष हुन्छ ।  

प्रकाशित मिति: ०७:३१ बजे, बिहीबार, कात्तिक १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्