Kathmandu Press

प्रधानमन्त्री देउवा धनगढीमा

प्रधानमन्त्री देउवा धनगढीमा

धनगढी, कात्तिक १६ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज अपराह्न धनगढी पुगेका छन। आसन्न चुनावमा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी कांग्रेस सभापति देउवा चुनावी प्रचारप्रसारका लागि भोलि कात्तिक १७ गते डडेल्धुरा जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका कानुनी सहयोगी केशवराज जोशीले जानकारी दिए।

उनले कात्तिक १७ देखि २० गतेसम्म डडेल्धुराका विभिन्न ठाउँमा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी हेलिकाेप्टरमार्फत धनगढी पुगेका हुन। देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफैँ निजी निवासमा बसेका छन।

प्रकाशित मिति: १८:३७ बजे, बुधबार, कात्तिक १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्