Kathmandu Press

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडाैं, कात्तिक १६ : क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका लामिछानेकाे म्रद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले हेर्दाहेर्दैमा राखिएको हो।

बुधबारदेखि इजलासमा थुनछेक बहस सुरू भएको हो। मंगलबार बयान सकिएसँगै आज थुनछेक बहस सुरू भएको हो।  आज इजलासमा नौ जना वकिलले बहस गरेका थिए।

पीडितको पक्षमा चार जना सरकारी वकिल, तीन जना वकिल र प्रतिवादीको तर्फबाट दुई जना वकिलले बहस गरेका छन्। सन्दीपको पक्षबाट अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरेले बहस गरेका छन्।

थुनछेक बहस भोलि पनि जारी रहनेछ। बहस सकिएपछि इजलासले आदेश जारी गर्नेछ।

प्रकाशित मिति: १८:०६ बजे, बुधबार, कात्तिक १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्