हिमपातले सम्पर्कविहीन भएका सबै घर फर्किए
जुम्ला, मंसिर ३० : हिमपातले सम्पर्कविहीन भएका जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँका १२ जना सकुशल घर फर्किएका छन्।
उनीहरू आइतबार राति घ....

जुम्ला, मंसिर ३० : हिमपातले सम्पर्कविहीन भएका जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँका १२ जना सकुशल घर फर्किएका छन्।
उनीहरू आइतबार राति घर फर्किएको गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले बताए। उनका अनुसार, सबै सकुशल घर फर्किएका हुन्।
उनीहरु बिहीबार जडिबुटी खोज्न तिला गाउँपालिका–९ स्थित सेरा फूलबारी पाटनमा गएका थिए। हिउँ परेपछि सम्पर्कविहीन भएका थिए।
चार दिनसम्म सम्पर्कमा नआएपछि हेलिकप्टरबाट खाेजबिन गर्ने तयारी गरिएकाे थियाे।
प्रकाशित मिति: १४:०२ बजे, सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार