Kathmandu Press

ममाथि सेक्युरिटी थ्रेट पनि हुनसक्छ, रक्षा गर्ने जिम्मेवारी गोरखालीको हो : प्रचण्ड

जनयुद्ध सुरु गर्दा लिडरसिपकाे रक्षा गर्ने जिम्मेवारी गोरखालाई थियो, अब फेरि अर्को क्रान्ति सुरु गर्दा गोरखालाई आयो : प्रचण्ड
ममाथि सेक्युरिटी थ्रेट पनि हुनसक्छ, रक्षा गर्ने जिम्मेवारी गोरखालीको हो : प्रचण्ड

काठमाडौं, कात्तिक १५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूमाथि सुरक्षा चुनौती हुनसक्ने बताएका छन् ।

गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचनको संघारमा आफूमाथि सेक्यूरिटी थ्रेट हुनसक्न बताएका हुन् ।   

उनले लिडरसिपको रक्षा गर्ने जिम्मेवारी गोरखालीलाई आएको पनि बताए । ‘जनयुद्ध सुरु गर्दा गोरखालाई थियो, अब फेरि अर्को क्रान्ति सुरु गर्दा गोरखालाई आयो,’ उनले भने  

प्रचण्डले यस्ता विषयलाई गम्भीरतापूर्वक लिन र विचार गर्न पनि कार्यकर्तालाई आग्रह गरे ।  
 

प्रकाशित मिति: १७:४५ बजे, बुधबार, कात्तिक १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्