‘प्रचण्ड कहाँ जान्छ, के गर्छ भनेर माइक्रोस्कोप लगाएर हेरिरहेको छ’

काठमाडौं, कात्तिक १५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले स्पष्टिकरणप्रति टिप्पणी गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मनोनयन दर्ता गर्न जाँदा आफ्नो योजनामा बाजागाजा बजाइएको नभई जनताहरु स्वतस्फूर्त रुपमा बाजागाजासहित उपस्थित भएको बताएका हुन् ।
उनले यससम्बन्धमा निर्वाचन आयोगले सोधेको स्पष्टिकरणको जवाफ दिइसकेको भएपनि आयोगले पुनः स्पष्टिकरण सोध्ने तयारी गर्नुलाई गोरखाली जनताप्रति चुनौतीको विषय भएको बताएका हुन् ।
‘बाजा कहाँबाढ आयो अनुसन्धान गर भनेर निर्देशन दिएको छ । प्रचण्ड कता कता जान्छ, के के गर्छ भनेर माइक्रोस्कोप लगाएर हेरिरहेको छ । त्यो त तपाइँहरुका लागि चुनौती भएन त ? यसको रक्षा तपाईँहामी सबै मिलेर गर्नुपर्छ,’ उनले भने।
प्रकाशित मिति: १७:३४ बजे, बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











