Kathmandu Press

‘सार्वजनिक पद धारण गरेका व्यक्तिले चुनाव प्रचारप्रसारमा जाँदा अनुमति लिनुपर्छ’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले अनुमति लिएर प्रचार प्रसारमा जान सक्ने र त्यसरी जाँदा कुनै पनि सरकारी स्रोत साधनको प्रयोग गर्न नपाईने बताए।
‘सार्वजनिक पद धारण गरेका व्यक्तिले चुनाव प्रचारप्रसारमा जाँदा अनुमति लिनुपर्छ’

काठमाडाैं, कात्तिक १६ :  निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सार्वजनिक पद धारण गरेका व्यक्तिले प्रचारप्रसारमा जाँदा आयोगको अनुमति लिनुपर्ने स्पष्ट पारेको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत कात्तिक १७ गतेदेखि दोस्रो चरणको चुनावी प्रचारप्रसारका बारेमा जानकारी गराउदै सार्वजनिक पदमा आसीन व्यक्तिले निर्वाचन प्रचारप्रसारमा जाँदा अनिवार्य अनुमति लिनुपर्ने स्पष्ट पारेको हो।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले अनुमति लिएर प्रचार प्रसारमा जान सक्ने र त्यसरी जाँदा कुनै पनि सरकारी स्रोत साधनको प्रयोग गर्न नपाईने बताए। उनले दोस्रो चरणको चुनावी प्रचारप्रसारका क्रममा जुलुस, आमसभा, कोणसभा वा भेला गर्नुभन्दा कम्तिमा २४ घण्टा अघि स्थानीय प्रशासन र प्रहरीलाई त्यसको जानकारी गराउनुपर्ने बताए।

थपलियाले आफ्नो चुनाव क्षेत्रमा सभा आयोजना गर्दा मञ्च बनाउँदा लागेको खर्च विवरण चुनाव सकिएको १५ दिनभित्र पेस गर्न उम्मेदवारहरुलाई निर्देशन दिएको बताए।

आयोगले हालसम्म आचारसंहिता उल्लंघन गर्ने ७१ जनालाई स्पष्टीकरण सोधिएको र स्थानीय तहमा आचारसंहिता उल्लंघन भए कारबाही गर्ने अधिकार आयोगले तोकेको स्थानीय अधिकारीलाई नै दिईएको थपलियाले बताए।

उनले निर्वाचन आचारसंहितको सूक्ष्म अनुगमन गर्न गृह मन्त्रालयमार्फत प्रहरी र अनुसन्धान बिभागलाई जिम्मेवारी दिईएको जानकारी दिए।

त्यस्तै थपलियाले सामाजिक सञ्जालमा आफ्ना कुरा राख्न पाउने र दलले विज्ञापन गर्न पाउने व्यवस्था गरेको भन्दै निहित राजनीति स्वार्थ बोकेकाहरूबाट अभिव्यक्ति स्वतन्त्रतामाथि नहोस भनेर आयोग सचेत रहेको बताए। 

प्रकाशित मिति: १६:२७ बजे, बुधबार, कात्तिक १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्