Kathmandu Press

हामी जनतालाई विकास दिन्छौं : पूर्वमन्त्री गुरुङ

'एमालेको बहुमत आएपछि हामी जनतालाई विकास दिन्छौं,' गुरुङले भने। 
हामी जनतालाई विकास दिन्छौं : पूर्वमन्त्री गुरुङ

दमौली, कात्तिक १६ : एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले मङ्सिर ४ गते हुने निर्वाचनबाट एमालेको बहुमत आउने दाबी गरेका छन्।

तनहुँको दुलेगौँडामा आज आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री गुरुङले जनताको आकर्षण एमालेप्रति बढेकाले एमालेले बहुमत ल्याउने र त्यसपछि जनतालाई विकास दिने बताए।

निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने गुरुङको भनाइ थियो। 'एमालेको बहुमत आएपछि हामी जनतालाई विकास दिन्छौं,' गुरुङले भने। 

तनहुँ २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङले यो क्षेत्रमा विगतमा एमाले नेतृत्वमा भएका विकासका कामलाई निरन्तरता दिन जनताले मूल्याङ्कन गर्ने समय भएको बताए।

सोही कार्यक्रममा नेकपा एकीकृत समाजवादी तनहुँका सचिव दुर्गाकुमार श्रेष्ठको नेतृत्वमा क्षेत्र नम्बर २ का चार सय ६१ जना एमालेमा समाहित भएका छन्।

प्रकाशित मिति: १६:०६ बजे, बुधबार, कात्तिक १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्