चुनावपछि शेरबहादुर देउवा नै प्रधानममन्त्री : प्रवक्ता महत
कांग्रेस निर्वाचन प्रचार प्रसार समितिका संयोजक समेत रहेका प्रवक्ता डा. महतले १६५ सिट मध्ये ९१ सिटमा नेपाली कांग्रेस उम्मेदार भएकोले अन्य पार्टी भन्दा निश्चित रुपमा धेरै सिट आफ्नो पार्टीको आउने दाबी गरे।
काठमाडाैं, कात्तिक १६ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको बटमलाइन चुनावपछि शेरबहादुर देउवा नै प्रधानममन्त्री बन्ने रहेको बताएका छन्।
बुधवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा महतले निर्वाचन पछि सवै भन्दा धेरै सिट नेपाली कांग्रेसले ल्याउने भएको त्यसको पार्टी सभापतिको हैसियतमा शेर बहादुर देउवा नै प्रधानमन्त्रको रुपमा अगाडि सार्ने बताए।
कांग्रेस निर्वाचन प्रचार प्रसार समितिका संयोजक समेत रहेका प्रवक्ता डा. महतले १६५ सिट मध्ये ९१ सिटमा नेपाली कांग्रेस उम्मेदार भएकोले अन्य पार्टी भन्दा निश्चित रुपमा धेरै सिट आफ्नो पार्टीको आउने दाबी गरे।
केपी ओली नेतृत्वको बहुमतको सरकार हुँदा लोकतान्त्रिक पद्धतिमा पनि जनताका अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता जस्ता अधिकारलाई वञ्चित गरेको भन्दै देश, जनता र अधिकारको पूर्णअधिकार सम्पन्न गर्नका लागि आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन उनले आग्रह गरे।
उनले एमाले र नेकपा माओवादी केन्द्र विच एकता भएर बनेको एउटै पार्टीभित्रको अविश्वासका कारण विभाजन हुन पुगेको बहुमतको सरकार भंग भएपछि बनेको नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भएपछि कोभिड नियन्त्रण लगायत काम गरेको दावी गरे।











